अनन्त कुमार श्रेष्ठ
अध्यक्षको सन्देश
सूर्योदय क्लब वृहत सामाजिक विकासका क्षेत्रमा स्थानिय श्रोत र साधनको अधिकतम परिचालन गर्दै समान र समुन्नत समाजको निर्माण भन्ने परिकल्पनाका साथ २०५४ श्रावण १९ जिल्ला प्रशाासन कार्यालयमा बिधिवत रुपमा दर्ता भएको सामुदायिक संस्था हो । सामुदायिक विकासका विविध क्रियाकलापहरुको दिगोपनाका लागि समुदायको प्रत्यक्ष सहभागिता र सामुहिकताको आवश्यकता हुन्छ, त्यसैले कुनै पनि कार्यक्रम सञ्चालन गर्दा समुदायको प्रत्यक्ष एवं सक्रिय पूर्वक समान सहभागितामा भएमा सामाजिक विकास संभव छ भन्ने परिकल्पनाका साथ स्थानिय सरकारी तथा गैर सरकारी संस्था, दातृ संस्थाहरु स“गको साझेदारी ढंगबाट दिगो सामाजिक विकासका लागि दिगो कृषि, समाज परिचालन तथा जनचेतना अभिवृद्धि,, शिक्षा, स्वास्थ्य तथा साक्षरता कार्यक्रम, लघुवित्त , बचत तथा ऋण परिचालन, आय आर्जन, सीप विकास तथा उद्यमशीलता, भौतिक पूर्वाधारको निर्माण, वातावरण संरक्षण लगायतका क्रियाकलापहरु सञ्चालन गर्दै अगाडी बढीरहेको छ | धन्यवाद ।